काठमाडौं– लुम्बिनी विकास कोषले अघि सारेको लुम्बिनी गुरुयोजना अन्तर्गत करिब चार अर्ब रुपैयाँको बोलपत्र विवादमा आएको छ । कोषले २०७९ माघ एकमा प्रकाशित गरेको करिब ३ अर्ब रुपैयाँको बोलपत्र नम्बर (एलडीटी–डब्लुएफसी–एनसीवी–०३–०७९–८०) दुई विषयबाट विवादमा आएको हो ।