काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको रोहवरमा भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) र संघका पूर्वअध्यक्ष शेष घले निकट विनोद कुँवर समूहबीचको एकतासम्बन्धी सहमति अलपत्र परेको छ । सहमति भंग भएको भन्दै कुँवर पक्षले छुट्टै महाधिवेशन गर्ने बताएपछि दुई पक्षबीच आरोप प्रत्यारोप सुरु भएको छ ।