काठमाडौं : परराष्ट्र सचिव भरतराज पौड्याल र चिनियाँ राजदूत छन् सोङबीच भेट भएको छ। अमेरिका उड्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न शुक्रबार विहान बालुवाटार पुगेका चिनियाँ राजदूत छन् सोङ आज दिउँसो परराष्ट्र सचिव पौड्यालसँग भेट गरेका हुन्। सचिव पौडेललाई भेट्न राजदूत सोङ सिंहदरवारस्थित परराष्ट्र मन्त्रालय पुगेका थिए।