चितवनमा दुई ट्रक एक आपसमा ठोक्किँदा एक जना ट्रक चालकको मृत्यु भएको छ । पूर्व–पश्चिम (महेन्द्र) राजमार्ग अन्तर्गत राप्ती नगरपालिका–३ झुरझुरे बासुकी पेट्रोल पम्प नजिकै दुर्घटना भएको हाे ।दुर्घटनामा परेर ना३ख ५४८८ नम्बरको ट्रक चालक नवलपरासी जिल्ला गैंडाकोट–१ का ४३ वर्षीय प्रकाश कुँवर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।