काठमाडौं । नेपाल र म्यानमारबीचको मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा सकिएको छ । अञ्जन विष्ट पेनाल्टीमा चुक्दा नेपालले आफूभन्दा वरियतामा १५ स्थान माथि रहेको म्यानमारमाथि जित दर्ता गर्न चुक्यो ।
खेलको ६३ औं मिनेटमा नेपालले पेनाल्टीमार्फत गोलको अवसर पाएको थियो ।