काठमाडौं । वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०७९/८० मा २५ प्रतिशत नाफा गरेको भन्दै चातर्फी चर्चा भयो । अन्य व्यापार व्यवसाय समस्यामा परिरहेको बेला बैंकहरुले नाफा गरेको भन्ने सन्देश दिन बैंकरले गर्वका साथ वित्तीय विवरण सार्वजनिक पनि गरे । सर्वसाधारण, सञ्चार माध्यम वा जोसुकैले पनि वित्तीय विवरण हेरेर नै बैंकको वास्तविकता थाहा पाउने हो ।